सीटीईभीटीद्वारा कर्मचारीका लागि दरखास्त आह्वान (सूचनासहित) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सीटीईभीटीद्वारा कर्मचारीका लागि दरखास्त आह्वान (सूचनासहित)


८ असार २०७९, बुधबार


काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि परिषद्ले आवेदन आह्वान गरेको हो ।

परिषद् अन्तर्गतका कार्यालय शिक्षालयहरूमा अर्को निर्णय नभएसम्म २०८० असार मसान्तसम्मका लागि प्राविधिक/प्रशिक्षण तथा प्रशासन र लेखातर्फ करारमा कर्मचारी आवश्यक रहेकाले दरखास्त आह्वान गरिएको हो ।

इच्छुक योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रतिलिपि र तोकिएको दस्तुरसहित परिषद् कार्यालयको वेबसाइटमा रहेको विद्युतीय माध्यमबाट तोकिएका शिक्षालयमध्ये कुनै एक शिक्षालयमा दरखास्त दिन सक्ने परिषद्ले जनाएको छ । थप जानकारीका लागी www.ctevt.org.np मा हेर्न सकिने छ ।

सूचना !

Tags :
प्रतिक्रिया दिनुहोस