सरकारसँग सत्तारुढ दलकै सांसदहरु रुष्ट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारसँग सत्तारुढ दलकै सांसदहरु रुष्ट


७ असार २०७९, मंगलबार


काठमाडौँ । सत्तारुढ दलका सांसदहरुले नै सरकारको चर्को आलोचना गर्न सुरु गरेका छन् ।

सत्तारुढ नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतम, नेकपा (माओवादी केन्द्र)की सांसद धर्मशिला चापागाईँ र नेकपा (एकीकृत समाजवादी)की सांसद पार्वतीकुमारी बिसुन्केले जनतालाई अझै मलको व्यवस्था गर्न नसकेको, आगामी आर्थिक वर्षको बजेटमा आफ्ना निर्वाचन क्षेत्रका लागि कुनै पनि बजेट विनियोजन नगरेको, महंगीले जनता मारमा पर्दा पनि राहत दिने तयारी समेत नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै काँग्रेस सांसद गौतमले असार १५ बित्न लाग्दा समेत मलको अझै व्यवस्था गर्न नसकेको उल्लेख गर्दै सरकारप्रति आक्रोश व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस