सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश


७ असार २०७९, मंगलबार


काठमाडौँ । चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थी दुर्व्यवहार गरेको घटनाका आरोपी दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौँले मंगलबार कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

कलेजका विद्यार्थीलाई शिक्षक अधिकारीले ‘आफू श्रीमतीबाट सन्तुष्ट नभएको’ बताउँदै यौन सम्बन्ध राख्ने प्रस्ताव गरेको जेठ पहिलो साता विद्यार्थीहरुले सार्वजनिक गरेका थिए । कलेज प्रशासनले कारबाही गर्न तादरुकता नदेखाएपछि उनीहरुले प्रदर्शन नै गरेका थिए ।

त्यसपछि प्रहरी वृत्त, गौशालाले दुवैजनालाई पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस