बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित


७ असार २०७९, मंगलबार


काठमाडौँ । सरकारले मानवतावादी नेता तथा बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । सोमबार (हिजो) बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

नेपाली भाषा, साहित्य, शिक्षा, पत्रकारिता, न्यायिक तथा प्रशासनिक सुधारका क्षेत्रमा योगदान पुर्‍याएका जयपृथ्वी बहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग हुँदै आएको थियो ।

जयपृथ्वी बहादुर सिंह बुवा विक्रमबहादुर सिंह र आमा रुद्र कुमारी सिंहको कोखबाट वि. सं १९३४ भदौ ७ मा बझाङमा जन्मिएका थिए ।

नेपाली भाषाको पहिलो किताब ‘अक्षरांक शिक्षा’ का लेखक तथा सुधारवादी राजा जयपृथ्वी गोरखापत्रका संस्थापकसमेत हुन् ।

सन् १९१३ मा नोबेल सहित्य पुरस्कार पाएका एसियाका प्रथम साहित्यकार रविन्द्रनाथ ट्यागोरको सन् १९३१ मा छापिएको ‘दि गोल्डेन बुक अफ दि ट्यागोर’ मा समेटिएका एक मात्र नेपाली हुन् सिंह ।

३१ औं अमेरिकी राष्ट्रपति हर्वट हुवरले सन् १९३३ मा अमेरिकामा भएको विश्व आस्था सम्मेलनमा अतिथि बनेर पुग्ने एक्ला नेपाली पनि उनी हुन् ।

सन् १९२९ मार्च २५ देखि सेप्टेम्बर ४ सम्म युरोपमा आफ्नो मौलिक दर्शन मानवतावादको प्रवचन दिन आमन्त्रण गरिएका एक्ला नेपाली पनि जयपृथ्वी बहादुर सिंह नै हुन् ।

उनले सन् १९२८ को मार्च ८ मा निर्वासित जीवनकालमै दक्षिण भारतको बैंगलोरमा मानवतावादी क्लबको उद्घाटन गरेका थिए । सोही वर्ष मानवतावाद पुस्तक समेत लेखेका उनले ह्युमानिस्ट अर्थात मानवतावादी भन्ने अखबार सञ्चालन गर्दै विश्वमा शान्तिको सन्देश दिँदै हिँडेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस