एसीसी महिला टी-२० च्याम्पियनसिप : आज हङकङ भिड्दै नेपाल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

एसीसी महिला टी-२० च्याम्पियनसिप : आज हङकङ भिड्दै नेपाल


७ असार २०७९, मंगलबार


काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

किनरारा ओभलमा नेपालले चौंथो खेलमा हङकङको सामना गर्न लागेको हो । नेपाल र हङकङबीचको खेल बिहान १२ : ०० बजे सुरु हुनेछ ।

हङकङविरुद्ध मैदान उत्रँदा नेपाल लगातार चौंथो जितको खोजीमा हुनेछ । यस्तै नेपाल समूह विजेता बन्न चाहन्छ । नेपाल यस अघि नै सेमिफाइनल पुगिसकेको छ ।

हङकङ नेपालको लागि नौलो प्रतिद्वन्द्वी हैन । यस अघि नेपालले हङकङसँग दुई खेल खेलेको छ । जसमा नेपालले एक जित र एक हार व्यहोरेको छ ।

समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अङ्क जोडेको छ । यस अघि नेपालले भुटानलाई ५० रन , कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो ।

च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस