काठमाडौँ महानगरमा हाजिर नगर्ने कर्मचारीलेको तलब कटौती गरिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ महानगरमा हाजिर नगर्ने कर्मचारीलेको तलब कटौती गरिने


२ असार २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा हाजिर नगर्ने कर्मचारीको तलब कटौती गरिने भएको छ ।

कार्यालय समयमै उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब कटौती हुने भएको हो ।

महानगरले आज (बिहीबार) एक सूचना जारी गर्दै यस्तो बताएको हो । महानगरको हाजिर हेर्न वेबसाइटमा कतिपय कर्मचारीको हाजिर नगरिएको पाइएको महानगरको सूचनामा बताइएको छ ।

विभाग वडामा कार्यरत कर्मचारीहरूको विवरण प्रशासन विभागको जिमेलमा पठाउन निर्देशन दिँदै अन्यथा असार महिनाको तलब नबन्ने सूचनामा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस