अर्थमन्त्री शर्माले जवाफ दिने विषय संसद्को कार्यसूचीमै नपरेपछि…  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अर्थमन्त्री शर्माले जवाफ दिने विषय संसद्को कार्यसूचीमै नपरेपछि… 


१ असार २०७९, बुधबार


काठमाडौँ । अर्थ मन्त्रालयमाथि उठेका प्रश्नको मन्त्री जनार्दन शर्माले जवाफ दिने विषय आजको संसद् बैठकको कार्यसूचीमा परेको छैन ।

संसद् बैठकमा प्रतिपक्षी दलका सांसदहरूले बजेट निर्माणका क्रममालाई लिएर अर्थ मन्त्रालयमाथि विभिन्न प्रश्न उठाएका थिए । तर, आज जारी संसद् बैठकमा ती प्रश्नको जवाफ दिने विषय कार्यसूचीमै राखिएको छैन ।

आजको बैठकमा तीन वटा कार्यसूची रहेका छन् । तीमध्ये विनियोजन  विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूको छलफलमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ ।

कार्यसूचीमा ११ वटा मन्त्रालयको बजेट शीर्षकमा उठेका प्रश्नको जवाफ दिने विषय उल्लेख भए पनि अर्थ मन्त्रालय राखिएको छैन । यसअघि सम्भावित कार्यसूचीमा भने अर्थ मन्त्रालय पनि सूचीमा थियो ।

मन्त्रीहरूले जवाफ दिनुअघि शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेस गर्ने र त्यसपछि पूर्वमन्त्री मिथिला चौधरीको निधनसम्बन्धी शोक प्रस्ताव रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस