विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सुरु « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सुरु


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको छ ।

मनसुन सुरु भइसक्दा पनि गृहमन्त्री खाँणले चासो नदिँदा ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना–२०७९’ स्वीकृत नभएको भन्दै आलोचना भइरहेका बेला सोमबार समितिको बैठक बसेको हो ।

बैठकमा मन्त्री खाँणले यो वर्षका कारण हुनसक्ने मनसुनजन्य विपद्का लागि तयार गरिएका जनशक्तिको अवस्था एवं साधन स्रोतको विवरणसहितको विस्तृत कार्य योजना पनि लिखितरुपमा पेश गर्न निर्देशन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस