जिसस चुनावमा सत्तारुढ गठबन्धनलाई हमालकाे साथ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जिसस चुनावमा सत्तारुढ गठबन्धनलाई हमालकाे साथ


३० जेष्ठ २०७९, सोमबार


कैलाली । कैलालीको धनगढी उपमहागरपालिकामा स्वतन्त्रबाट मेयर जितेका गोपाल हमालको मतले जिल्ला समन्वय समिति कैलालीमा सत्तारुढ गठबन्धन विजयी भएको छ ।

समन्वय समितिको प्रमुखमा नेपाली काँग्रेसका पदमबहादुर कलेल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका खगराज भुसाल विजयी भएका हुन् ।

१३ वटा स्थानीय तह रहेको कैलालीको जिससमा नागरिक उन्मुक्ति र एमाले गठबन्धन गरेका थिए ।

उनीहरु दुई दलको १२ मत थियो । यस्तै सत्तारुढ गठबन्धनको पनि समान १२ मत थियो । तर निर्णायक मानिएका हमालले सत्तारुढ गठबन्धनलाई मत दिएकाले कलेल र भुसाल विजयी भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस