अमेरिका भ्रमणबारे जानकारी लिन संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अमेरिका भ्रमणबारे जानकारी लिन संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । अमेरिका भ्रमणका विषयमा जानकारी लिन संसदीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ ।

आज (सोमबार) सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले प्रधानमन्त्री देउवाको हुन लागेको आसन्न अमेरिका भ्रमणका विषयमा जानकारी लिन समितिमा बोलाउने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउन प्रमुख प्रतिपक्षी दल एमालेले माग गरिसकेको छ ।

केही दिनअघि संसदमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले पनि प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणबारे कुरा उठाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस