लोसपा अध्यक्ष ठाकुरसहित नेता देउवालाई भेट्न बालुवाटारमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लोसपा अध्यक्ष ठाकुरसहित नेता देउवालाई भेट्न बालुवाटारमा


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री देउवासँग कुराकानी गर्न अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोसहित लोसपा नेताहरू आज बिहान बालुवाटार पुगेका हुन्।

नेता-कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता, नागरिकता विधेयक, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे उनीहरूबिच छलफल भएको स्रोतको भनाइ छ।

साथै प्रधानमन्त्री देउवाले आइतबार नागरिकता विधेयक अघि बढाउने सङ्केत गरेका थिए। जसपा सांसद प्रदीप यादव सहितको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले ढिलोमा एक सातामा नागरिकता विधेयक पारित हुने बताएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस