विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरवारमा जारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरवारमा जारी


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरवाररमा जारी छ ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा रहेको समितिको बैठक अहिले बिहानदेखि गृह मन्त्रालयको सभा हलमा बसिरहेको छ ।

बैठकले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्य योजना–२०७९ स्वीकृत गर्दै छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्खामा विपद्‍बाट २० लाख जनसङ्ख्या प्रभावित हुनसक्ने आकलनसहित कार्य योजना बनाएको छ ।

समितिमा शहरी विकासदेखि स्वास्थ्य, सामान्यलगायत मन्त्रालयका मन्त्रीसँगै सचिव तथा नेपाली सेवा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभागका प्रमुखहरू सदस्य रहने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस