बाजुराको बूढीगंगामा स्थानीय चुनाव अझै अनिश्चित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाजुराको बूढीगंगामा स्थानीय चुनाव अझै अनिश्चित


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । देशका ७५२ स्थानीय तहमा निर्वाचन भई नयाँ जनप्रतिनिधिले कार्यभार सम्हाल्दै कामकाज सुरु गरिसक्दा पनि बाजुराको बूढीगंगा नगरपालिकामा भने स्थानीय चुनाव अनिश्चित बन्दै गएको छ।

वैशाख ३० मा भएको स्थानीय चुनावमा फर्जी मत खसेको भन्दै मतगणना गरिएको थिएन।

निर्वाचनका बेला सुरक्षा निकायको लापरबाही देखिएको भन्दै प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख तथा निर्वाचन अधिकृत पनि परिवर्तन गरी नयाँ पठाइएको थियो। तैपनि निर्वाचनको नयाँ मिति तोक्नेबारे अझै सहमति जुटेको छैन।

गत शुक्रबार निर्वाचनको मिति तोक्न गरिएको छलफल विनानिष्कर्ष सकियो। नेकपा एमाले बाजुराले वैशाख ३० मा भएको चुनावकै मतगणना गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दिएको छ। शुक्रबारको बैठकमा सर्वोच्चमा दिएको मुद्दाबारे कम्तिमा पनि एक पटक सुनुवाइ हुन दिएपछि मात्रै निर्वाचनको मिति तोक्नेबारे छलफलमा बस्न सकिने एमालेले बताएको थियो।

त्यसपछि मङ्गलवार बस्ने गरी बैठक स्थगित गरिएको थियो। जेठ ३१ गते मङ्गलवार सर्वदलीय बैठक राखिएको निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएको छ। यो बैठकबाट पुनः निर्वाचनका लागि नयाँ मिति तोक्ने तयारी छ।

Tags :
प्रतिक्रिया दिनुहोस