आफ्नै मामाको हत्या आरोपमा भान्जा पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आफ्नै मामाको हत्या आरोपमा भान्जा पक्राउ


२८ जेष्ठ २०७९, शनिबार


pakrau

जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिकामा आफ्नै मामाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

लालबन्दी नगरपालिका– ११, हिरापुरका ३१ बर्षीय रवि विकले शनिबार बिहान आफ्नै मामा ४५ वर्षीय अशोक विकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक अशोक भने लालबन्दी–१७, रानीगञ्जका वासिन्दा हुन् ।

प्रहरीका अनुसार रविको काकाको तरकारी बारीमा दुबै जना काम गरिरहेको बेला विवाद हुँदा रविले अशोकको टाउकोमा बाँसको भाटाले हिर्काएका थिए । गम्भीर घाइते भएका अशोकलाई उपचारका लागि अस्पतालतर्फ लग्दै गर्दा बाटोमा नै मृत्यु भएको डीएसपी बुढाथोकीले जानकारी दिए ।

रविलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस