महोत्तरीमा बोक्सी आरोप लगाएर २ जना महिलामाथि कुटपिट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

महोत्तरीमा बोक्सी आरोप लगाएर २ जना महिलामाथि कुटपिट


२८ जेष्ठ २०७९, शनिबार


जनकपुरधाम । महोत्तरी सदरमुकाम जलेश्वरमा बोक्सी आरोप लगाएर दुई महिलामाथि कुटपिट भएको छ ।

जलेश्वर नगरपालिका–६ धबौली निवासी ५३ बर्षीया कालोदेवी र ५४ बर्षीया दुलरिया देवीलाई स्थानीय केही व्यक्तिले बोक्सी आरोप लगाएर कुटपिट गरेको प्रहरीले जनाएको छ ।

स्थानीय सोमन भनिने सोमारी देवीसहितकाले दुई महिलामाथि हात, लाठी र लात्तीले कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

दुबै महिलामाथि २६ जेठको बिहान कुटपिट भएको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा सोही ठाउँका ४५ बर्षीय भुलन राम र २८ बर्षीया सोमनी भनिने सोमारी देवी छन् ।

उनीहरुबिरुद्ध बोक्सीको आरोप लगाई कुटपिट गरी ज्यान मार्ने उद्योग शीर्षकमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भई फरार भएका अन्यको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस