अर्थमन्त्री शर्माकी बहिनी लुम्बिनी रुकुम पश्चिमको जिसस प्रमुखमा निर्विरोध « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

अर्थमन्त्री शर्माकी बहिनी लुम्बिनी रुकुम पश्चिमको जिसस प्रमुखमा निर्विरोध


२८ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । रुकुम पश्चिमको जिल्ला समन्वय समिति प्रमुखमा लुम्बिनी गौतमसहित माओवादी केन्द्रको सिङ्गो प्यानल निर्विरोध निर्वाचित भएको छ । जिसस प्रमुखमा निर्वाचित गौतम अर्थमन्त्री जनार्दन शर्माकी बहिनी हुन् ।

उनी माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्ष विमला केसीकी नन्द हुन् भने उनका श्रीमान् गोरख केसी आठबिसकोट नगरपालिकाका निवर्तमान मेयर हुन् । नेताका परिवारका सदस्यले मात्र मौका पाएको माओवादीमा भने असन्तुष्टि व्यक्त भइरहेको छ ।

माओवादी केन्द्रको एकल जिल्ला समन्वय समिति बन्ने रुकुममा माओवादीका प्रभावशाली नेताहरुले नै आफन्तलाई प्रमुखको टिकट दिलाउँदै निर्विरोध चयन गर्न भूमिका खेलेका हुन । जिल्ला समन्वय समितिको चुनावका लागि ३१ जेठको मिति तोकिएपनि अन्य दलहरूले उम्मेदवारी नदिएकै कारण उनीहरू निर्विरोध निर्वाचित भएका हुन । यद्यपि घोषणा भने हुन बाँकी नै छ ।

माओवादी केन्द्रले उपप्रमुखमा देवबहादुर कामीलाई उम्मेदवार बनाएको छ । खुला सदस्य तर्फ देउभान ओली, कृष्णबहादुर ऐरी र रामकुमार गौतम, महिला सदस्यमा गीताकुमारी केसी, शारदा दमाई र गीता नेपाली तथा दलित वा अल्पसङ्ख्यकबाट मिना बिकको उम्मेदवारी परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस