होटेलको छतबाट खसेर युवकको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

होटेलको छतबाट खसेर युवकको मृत्यु


२८ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । रुपन्देहीको भैरहवामा होटेलको छतबाट खसेर एक युवकको मृत्यु भएको छ।

भैरहवा बसपार्कमा रहेको होटेल सी प्रिन्सको छतबाट खसेर रुपन्देहीको कोटिहिमाई गाउँपालिका ५ का २४ वर्षीय अमित यादव शनिबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलका अनुसार ती युवक साथीहरूसहित त्यस होटेलमा बस्न आएका थिए । होटेल चार तले छ । कुन तलाबाट उनी खसे भन्ने खुलेको छैन । होटेल मालिकले केही पैसा पनि हराएको र उनी चोरेर भाग्ने क्रममा छतबाट खसेर मृत्यु भएको प्रहरीलाई बताए ।

प्रारम्भिक अनुसन्धानमा त्यस्तै देखिएको तर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस