निर्वाचनको दिन सिलिन्डर पड्काएर आतङ्क मच्चाएका चार आरोपी पुर्पक्षका लागि थुनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्वाचनको दिन सिलिन्डर पड्काएर आतङ्क मच्चाएका चार आरोपी पुर्पक्षका लागि थुनामा


२७ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । स्थानीय तह निर्वाचनको दिन (वैशाख ३० गते) काठमाडौँको बानेश्वरमा सिलिन्डर पड्काएर आतङ्क मच्चाउने चार आरोपी पुर्पक्षका लागि थुनामा गएका छन् ।

उनीहरु विरुद्ध काठमाडौँ जिल्ला अदालतमा पेस भएको मुद्दामा अदालतको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौँले हिजो (बिहीबार) एक सूचना जारी गरी जनाएको छ ।

नयाँ बानेश्वरस्थिगत सडकमा विस्फोट गराएर फरार रहेका उनीहरुको खोजतलासका लागि प्रहरीले विशेष अपरेसन सञ्चालन गरेको थियो । उनीहरुको पहिचान गर्न प्रहरीले अनुसन्धानका विविध विधि तथा प्रविधिहरुको प्रयोग गरेको थियो ।

यसरी थुनामा जानेमा गोरखा घर भई हाल काठमाडौँ बस्ने हरिकृष्ण थापा, काभ्रे घर भई ललितपुर बस्ने करण श्रेष्ठ, भोजपुर घर भई भक्तपुर बस्ने युवराज थापा र खोटाङका भरतकुमार राई रहेका छन् ।

अभियुक्त राई यसअघि विभिन्न समयमा हातहतियार खरखजना, बैङ्किङ कसुर तथा कर्तव्य ज्यान मुद्दामा पक्राउ परी कारबाही गरिएका व्यक्ति हुन् ।

अनुसन्धानमा उनी मिडियाको आवरणमा जनताको सुसूचित हुन पाउने अधिकारलाई समेत तोडमरोड गर्दै आतङ्क मच्चाएर आर्थिक उपार्जन गर्ने उद्देश्य राखेको खुल्न आएको छ ।

सम्बन्धित समाचार : संसद् भवन अगाडि सिलिन्डर बम विस्फोट

सम्बन्धित समाचार : संसद् भवन अगाडि सिलिन्डर बम विस्फोट गराएको घटनामा ६ जना पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस