बाघको आक्रमणबाट महिलाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाघको आक्रमणबाट महिलाको मृत्यु


२४ जेष्ठ २०७९, मंगलबार


चितवन । घैलाघारी सामुदायिक वनमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हुनेमा भरतपुर महानगरपालिका-२३ घौलाघारी बस्ने ५५ वर्षीया मङ्गली बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सामुदायिक वनमा आज दिउँसो निहुरो टिप्न गएका ४ जनामध्ये बोटेलाई बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणमा परी मृत्यु भएकी महिलाको शव भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षमा बाघको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस