दाङमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

दाङमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ


२३ जेष्ठ २०७९, सोमबार


हत्या

काठमाडौँ । दाङमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छन् ।

३० वर्षीय पति पंकज गुप्ताको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका–१४ डेरा गरी बस्ने भारत घर भएकी ३५ वर्षीया गायत्री नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

गायत्रीले सिलौटाको लोरा प्रहार गर्दा पंकजको मृत्यु भएको खुलेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस