महिला पत्रकारमाथि भएको दुर्व्यवहारप्रति महासङ्घको ध्यानाकर्षण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

महिला पत्रकारमाथि भएको दुर्व्यवहारप्रति महासङ्घको ध्यानाकर्षण


२३ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । महिला पत्रकारलाई दुर्व्यवहार गरेको भन्दै ‘नेपाल आज’ नामक सञ्चार संस्थाका अध्यक्षलाई कारबाही गर्न र पत्रकारको सुरक्षा प्रबन्ध मिलाउन नेपाल पत्रकार महासङ्घले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

तीन वर्षअघि काम गरेको सञ्चार संस्था ‘नेपाल आज’ का अध्यक्ष माधव गुरागाईँले राखेको प्रेम प्रस्ताव अस्वीकार गर्दा पत्रकार कञ्चन न्यौपानेले निरन्तर खेप्दै आएको मानसिक यातनाको घटनाप्रति महासङ्घले ध्यानाकर्षण जनाएको हो ।

न्यायको पक्षमा उभिँदा पत्रकारलाई दबाब र धम्की दिनु आपत्तिजनक र प्रेस विरोधी काम भएको भन्दै महासङ्घले अदालतमा विचाराधीन मुद्दालाई समेत प्रभावित बनाउने गरी धम्की दिएको घटनाले पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउने काम गरेको बताएको छ ।

‘महासङ्घको आचारसंहिता तथा अनुगमन विभागले पनि यसअघि दुई पटक सचेत गराइसकेको निज गुरागाईँलाई मौजुदा कानुनअनुसार कारबाही गर्न र पत्रकारको सुरक्षा प्रबन्ध मिलाउन महासङ्घ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ‚’ महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस