उपत्यकाका सडकमा थुप्रिएका फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्किँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपत्यकाका सडकमा थुप्रिएका फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्किँदै


२३ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकाका सडकमा थुप्रिएको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्कन थालेको छ ।

काठमाडौँका विभिन्न सडकमा थुप्रो लागेको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्न थालिएको हो ।

आज (सोमबार) बिहानैदेखि नयाँ बानेश्वर, बिजुलीबजार, माइतीघरलगायतका क्षेत्रमा महानगरको ट्याकंरले केमिकल छर्किएको छ । सिसडोल ल्यान्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि लामो समयदेखि काठमाडौँको फोहोर उठ्न सकेको छैन ।

सिसडोलबासीले भने राज्यले आफूहरूसँग सम्झौता कार्यान्वयन नगरेको भन्दै काठमाडौँको फोहोर फाल्न अवरोध गर्दै आएका छन् ।

उनीहरूसँग छलफल गर्न काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डङ्गोल सिसडोल नै पुगेका थिए । छलफलका क्रममा मेयर साहले तत्कालका लागि केमिकल प्रयोग गरेर फोहोरको दुर्गन्ध हटाउने प्रतिबद्धता जनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस