२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्षेत्रीय आवश्यकता पूरा गर्न बिमस्टेक राष्ट्रबीच सहकार्य जरुरी छ : प्रधानमन्त्री देउवा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले क्षेत्रीय समस्या समाधान र आर्थिक साझेदारी वृद्धि गर्नका लागि बिमस्टेक सदस्य राष्ट्रबीच एकता र सहकार्य जरुरी पर्ने बताएका छन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को २५औं वार्षिक उत्सवको अवसरमा नेपालका तर्फबाट शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले विकास र समृद्धिको क्षेत्रीय महत्वाकांक्षालाई सबैले आत्मसाथ गर्नुपर्ने बताए ।

देउवाले कोरोना महामारी संकटका कारण उत्पन्न गरिबी, बेरोजगारी, बढ्दो असमानता र जलवायु परिवर्तन सम्बन्धी समस्या बढेको भन्दै समाधानका लागि संयुक्त पहल गर्नुपर्ने बताएका छन् ।

संगठनको पाँचौं शिखर सम्मेलनसम्म आइपुग्दा दक्षिण एसिया र दक्षिणपूर्वी एसिया क्षेत्रका मुलुकबीच पुराना संस्कृति र सभ्यतालाई एकअर्कामा परिचित गराउने तथा पुनर्जीवित गराउनमा मद्दत गरेको उनको भनाइ छ । बिमस्टेक राष्ट्रका नागरिक तहको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन थप पहल गर्नुपर्ने प्रधानमन्त्री देउवाले जारी गरेको सन्देशमा उल्लेख गरिएको छ ।

त्यस्तै परराष्ट्रमन्त्री नारायण खड्काले पनि छुट्टै सन्देश जारी गर्दै बिमस्टेक प्रक्रियालाई पुनर्जीवित गर्न ठोस परिणाम ल्याउने गरी क्षेत्रीय राष्ट्रहरूबीच सहकार्य गर्नुपर्ने बताएका छन् ।

सन् १९९७ जुन ६ मा स्थापना भएको बिमस्टेकमा बंगलादेश, भारत, श्रीलंका, थाइल्याण्ड, म्यानमार, नेपाल र भुटान सदस्य छन् । यो क्षेत्रीय संगठनले दक्षिण र पूर्वी एसियालाई जोड्ने काम गरेको छ ।

गठबन्धनका रूपमा रहेको यो संगठनको उद्देश्य सदस्य राष्ट्रहरुबीच साझा सरोकारका विभिन्न विषयमा आपसी सहयोगमार्फत साझा समृद्धि हासिल गर्ने रहेको छ ।