२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुकुम(पूर्व) मा मनसुन आपत्कालीन कार्ययोजना तयार

अ+ अ-

रुकुम(पूर्व) । वर्षाको समय नजिकिएसँगै रुकुम(पूर्व) मा मनसुन आपत्कालीन कार्ययोजना २०७९ तयार पारिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले रुकुम(पूर्व) मा मनसुन आपत्कालीन प्रतिकार्य योजना निर्माण गरेको हो ।

लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम(पूर्व) मा विशेष गरी वर्षाको समयमा पहिरो र बाढी जस्ता मनसुनजन्य घट्नाहरु उल्लेख्य हुने गरेको पाइन्छ ।

यो समयमा पहिरो, हावाहुरी तथा पूर्व जोखिम मूल्याङ्कन नगरी खनिएका सडकका कारण पहिरो जाने अवस्था छ । पहिरोको कारण मुख्य राजमार्गको साथै सहायक सडकसमेत अवरुद्ध भई यातायात प्रभावित हुने गरेको छ ।

मनसुनको कारण उत्पन्न हुन सक्ने प्रकोपबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न, सम्भावित प्रकोपको अवस्थामा राहत, उद्धार र पुनः स्थापना कार्य प्रभावकारी रुपमा सम्पादन गर्न मनसुन प्रतिकार्य योजनालाई आवधिक गरी जिल्लाको आपत्कालीन कार्ययोजना २०७९ तयार पारिएको विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए ।

यस कार्ययोजनामा मनसुनको समयमा हुन सक्ने प्रकोपको अवस्थामा प्रभावकारी र यथार्थ सूचना सङ्कलन गर्ने, खोज तथा उद्धारको कार्य शीघ्र र प्रभावकारी बनाउने, विपद्को समयमा राहत सामग्रीलाई समुचित परिचालन गर्ने, पुनः स्थापना कार्य सहज बनाउने कुरा समेटिएका छन् ।

यस्तै, विपद्को अवस्थामा स्वच्छ खानेपानीको आपूर्ति, उचित सरसफाइ र उपयुक्त स्वास्थ्य र पोषण व्यवस्था मिलाउने, जोखिममा पर्न सक्ने वर्गको सुरक्षाको प्रत्याभूत गर्ने, सञ्चारको उपयुक्त प्रबन्ध गर्ने, विद्यार्थीमार्फत मनसुनको समयमा सुरक्षित हुने कुराको प्रचार गर्ने, सबै स्थानीय विपद् व्यवस्थापन समितिलाई मनसुनजन्य आपत्कालीन कार्ययोजना निर्माण गर्न सहजीकरण गर्ने विषय समेटिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।

मनसुन प्रतिकार्य योजनामा जिल्लास्थित सबै सुरक्षा निकाय, पालिका, जिल्ला समन्वय समिति, रेडक्रस, सरकारी कार्यालय, स्वास्थ्य संस्था, उद्योग वाणिज्य सङ्घसँगै गैरसरकारी सङ्घसंस्था, राजनीतिक दल, पत्रकार, नागरिक समाजको कार्य विभाजन गरिएको छ ।

विपद् पूर्व र विपद्को घटना भइसकेपछि अपनाउनुपर्ने सावधानीको बारेमा पनि आपत्कालीन कार्ययोजनामा उल्लेख गरिएको छ ।