मन्त्रीलाई फिर्ता बोलाउने निर्णयपछि यस्तो छ आलेको प्रतिक्रिया ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्रीलाई फिर्ता बोलाउने निर्णयपछि यस्तो छ आलेको प्रतिक्रिया !


२३ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आफू अन्तिमसम्म नेकपा (एकीकृत समाजवादी)मा रहने बताएका छन् ।

पार्टीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेपछि मन्त्री आले असन्तुष्ट रहेको चर्चा बाहिर आएको थियो ।

मन्त्री आलेले भने, “पार्टी अध्यक्ष माधवकुमार नेपालले पहिल्यै ६ महिनामा फिर्ता आउनुपर्छ भन्नुभएको थियो । त्यहीअनुसार फिर्ता हुनुपरेको हो । मैले काम गर्न खोजेँ । कतिपय कामहरू कानुनी झमेलाका कारण ढिलो भए । आँटेका काम पूरा गर्न नसकेकोमा आत्मग्लानि छ । तर, अन्य मन्त्रीले अब कसरी काम गर्छन् । त्यसलाई म हेर्छु । वाच गरेर बस्छु ।”

उनले विरोधीले आफू एमालेमा जाने हल्ला चलाएको बताए । आफूले अन्तिमसम्म माधव नेपालको साथ नछोड्ने मन्त्री आलेको स्पष्ट पारेका छन् ।

मन्त्रीबाट बाहिरिएपछि पार्टी निर्माणमा सक्रिय रहने उनले बताए । उनले भने, “मंसिरमा सङ्घ र प्रदेशको निर्वाचनको कुरा छ । अब म त्यसैमा केन्द्रित हुन्छु । पार्टी बनाउँछु ।”

आफू सरकारमा हुँदा पार्टी र नागरिकस्तरबाट पाएको सहयोगप्रति आभारी रहेको आलेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस