देउवाको मन्त्रिपरिषद्‌मा दुई जना गैरसांसद « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

देउवाको मन्त्रिपरिषद्‌मा दुई जना गैरसांसद


२२ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा दुई जना गैरसांसद मन्त्री हुने भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) ले आइतबार बहालवाला मन्त्री फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउन सिफारिस गरेसँगै मन्त्रिपरिषदमा दुई जना गैर सांसद रहने भएका हुन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अछामका शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्री बनाउन सिफारिस गरेका छन् ।

उनीसहित नयाँ मन्त्रीहरू मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, भवानी खापुङले सोमबार शपथ ग्रहण गर्ने छन् ।

कुँवर यसअघि राष्ट्रिय सभा सदस्य थिए। गत फागुनमा उनको राष्ट्रिय सभाको चार वर्षे कार्यकाल सकिएको थियो ।

मन्त्री नरहेका व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ।

यसअघि प्रधानमन्त्री देउवाले चैत २४ गते वरिष्ठ अधिवक्ता गोविन्द बन्दीलाई मन्त्री नियुक्त गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस