प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता


२२ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

आज (आइतबार) अपराह्न प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बालुवाटार पुगेका हुन् ।

भेटमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

यस्तै सचिवालयका अनुसार प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच नागरिकतालगायत विचाराधीन विधेयकहरु र उपसभामुख चयनका विषयमा पनि छलफल भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस