काठमाडौँ महानगरले सोमबारबाट कल सेन्टर चलाउने, ५० युनिटमा गुनासो फरवार्ड « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौँ महानगरले सोमबारबाट कल सेन्टर चलाउने, ५० युनिटमा गुनासो फरवार्ड


२० जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमबारबाट कल सेन्टर चलाउने भएको छ ।

महानगरपालिकाको मेयर बालेन्द्र साह(बालेन)ले पहिलो कार्यपालिका बैठकमा एक साताभित्र कल सेन्टर चलाउने निर्णय अनुसार सोमबारबाट महानगरमा कल सेन्टर चल्ने महानगरका सूचना विभाग प्रमुख नवराज ढकालले जानकारी दिए ।

महानगरपालिका भित्र रहेका समस्याहरुको बारे गुनासो र सुझाव दिन मिल्ने गरी महानगरले ‘टोल फ्री’ नम्बरमा फोन गर्ने व्यवस्था सहित सोमबारबाट पहिलो चरणमा कल सेन्टर चलाउने तयारी गरेको ढकालले जानकारी दिए ।

उनका अनुसार कल सेन्टरमा आएका गुनासोहरु महानगरका ५० युनिटहरुमा पठाउन सकिने छ । ‘ अहिले प्रशासनिक युनिट र विभिन्न विभागहरुमा महानगरमा हुने समस्याहरुको गुनासो फरवार्ड हुनेछ ।

महानगरभित्रका सडक,ढल पूर्वाधार, बजार अनुगमन, स्वास्थ्य, शिक्षा लगायत सबै क्षेत्रमा गुनासो आउन सक्छ सोही अनुसार महानगरका विभिन्न विभागहरुमा आएका गुनासोहरु फरवार्ड गरेर कारबाही हुन्छ, ’ ढकालले भने ।

सामुदायिक विद्यालयमा पनि गुनासो आउन सक्ने भएकोले अर्को चरणमा महानगर भित्रका सामुदायिक विद्यालयमा पनि कल सेन्टरको लिङ्क जोडेर तत्काल समाधान तर्फ जाने तयारी भएको ढकालले बताए । टोल फ्री नम्बर राख्ने तयारी रहेको महानगरमा ११८० नम्बरको कल सेन्टर हुने सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस