आयोगद्वारा रोल्पा जिल्ला कारागारमा मृत्यु भएको घटनामा अनुसन्धान सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आयोगद्वारा रोल्पा जिल्ला कारागारमा मृत्यु भएको घटनामा अनुसन्धान सुरु


२० जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले रोल्पा जिल्ला कारागारमा मृत्यु भएको घटनामा अनुसन्धान सुरु गरेको छ ।

बाँकेको नेपालगन्जका सुन्दर हरिजन रोल्पाको जिल्ला कारागारमा सट्टा कैदीबन्दीको रूपमा जेल सजाय भोगिरहेको अवस्थामा जेठ ४ गते मृत्यु भएको थियो ।

घटनाको विषयमा आयोगले संवेदनशील रुपमा लिई स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, आगामी दिनमा यस प्रकारका घटना नदोहोरिने वातावरणको सुनिश्चितता गर्न तथा व्यक्तिको जीवनको अधिकार संरक्षण गर्ने गराउने कार्यमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै घटनाका विषयमा बिहीबारदेखि आयोगले स्थलगतरुपमा अध्ययन र अनुसन्धान थालेको जानकारी दिए ।

मोबाइल चोरीको आरोपमा नाबालक अवस्थामा कारागार चलान गरिएका हरिजनले हातहतियार मुद्दामा जेल सजाय तोकिएका सुर्खेतका विजयविक्रम शाहको नाममा रोल्पा कारागारमा रहेको अवस्थामा मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस