सुदूरपश्चिम प्रदेशमा आगामी २२ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुदूरपश्चिम प्रदेशमा आगामी २२ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने


१९ जेष्ठ २०७९, बिहिबार


कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी २२ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।

प्रदेश सभाको दशौं अधिवेशनको पाँचौँ बैठकमा प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका बनाइएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।

आज (बिहीबार) बसेको बजेट अधिवेशनको चौथो बैठकमा सभामुख अर्जुनबहादुर थापाले जेठ २२ गते अपराह्न ४ बजे प्रदेशले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बारे सभामा जानकारी दिएका थिए ।

आइतबार बस्ने प्रदेश सभाको बैठकमा प्रदेशका प्रदेश प्रमुख देवराज जोशीद्वारा प्रदेशको नीति तथा कार्यक्रम गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस