२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशलाई समृद्ध बनाउने कार्यक्रम र बजेट ल्याउँछौँ : मुख्यमन्त्री राउत

अ+ अ-

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउने गरी आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउने बताएका छन् ।

आजदेखि सुरु भएको मधेस प्रदेशसभाको नवौँ अधिवेशनमा उनले चार वर्षको अनुभवलाई प्रयोग गरेर प्रदेशलाई समृद्ध बनाउने ठोस योजनासहितको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइने बताए ।

मुख्यमन्त्री राउतले भने, ‘यो अधिवेशन प्रदेशसभाको अन्तिम अधिवेशन, यो सरकारको पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट अन्तिम नै हो, त्यसैले हामी नीति तथा कार्यक्रममा सबै पक्षको भावनालाई समेट्ने छौँ, प्रदेशका जनताको चाहना र समयसापेक्षअनुसारको नीति तथा कार्यक्रम र बजेट ल्याउने छौँ ।’

ऐन, कानुन निर्माण, प्रदेशको नामकरण र राजधानी टुङ्गो लगाउन सबै दलका प्रदेशसभा सदस्यले सहयोग गरेकाले धन्यवाद ज्ञापन गर्दै उनले प्रदेश सरकारबाट प्रदेशसभामा प्रस्तुत हुने आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई आवश्यक सुझाव, सल्लाहसहित पारित गर्न आग्रह गरे ।

प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता जितेन्द्र सोनलले मधेशी जनताको जीवनमा आमूल परिवर्तन हुने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउन आग्रह गर्दै सबै दलसँग सल्लाह गरेर नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिए ।

उनले प्रदेश सरकारले यही जेठ २२ गते ल्याउन लागेको नीति तथा कार्यक्रमका विषयमा आफूहरूसँग कुनै सरसल्लाह नभएको प्रति असन्तुष्टि व्यक्त गर्दै एकलौटी ढङ्गबाट नीति तथा कार्यक्रम ल्याइए विरोध जनाउने बताए ।

मधेस प्रदेशको आर्थिक समृद्धिसँग जोडिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तत्काल अघि बढाउन आग्रह गर्दै उहाँले प्रदेश सरकारले विशेष सङ्कल्प प्रस्ताव ल्याएर भए पनि विमानस्थल निर्माण गर्नुपर्नेमा जोड दिए ।

आजको बैठकमा उद्योग, वन तथा पर्यटनमन्त्री शत्रुधन महतो, प्रदेशसभा सदस्य सत्यनारायण मण्डल, शिवचन्द्र चौधरी, दिलीप साहलगायतले जनतालाई राहत र नयाँ सकारात्मक सन्देश दिने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताए ।

जारी बैठकमा प्रदेशसभाका सदस्यहरूले आ–आफ्ना धारणा राखिरहेका छन् । बैठकको शुभारम्भमै सभामुख सरोजकुमार यादवले नवौँ अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरेर सुनाएका थिए ।