राष्ट्रपति भण्डारी काजी कालु पाँडेको समाधिस्थलमा « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति भण्डारी काजी कालु पाँडेको समाधिस्थलमा


१९ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी काजी कालु पाँडेको समाधिस्थल कीर्तिपुर नगरपालिका वडा नं १ दहचोकस्थित समाधिस्थलमा आएकी छन् ।

काजी कालु पाँडेको कीर्तिपुर लडाइँका क्रममा मृत्यु भएको दिनको स्मरणमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी आएकी हुन् ।

राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सदस्य कृष्णगोपाल श्रेष्ठ, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, कीर्तिपुर नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठलगायतले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीले कालु पाँडेको प्रतिमामा श्रद्धाञ्जलि अर्पण गरिन् ।

उनले त्यहाँस्थित दहचोक भ्यूटावरको पनि अवलोकन गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस