बारामा पोखरीमा डुबेर २ जनाको मृत्यु « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

बारामा पोखरीमा डुबेर २ जनाको मृत्यु


१९ जेष्ठ २०७९, बिहिबार


ढल

वीरगञ्ज । बारामा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

कोल्हबी नगरपालिका-११ बेलवा बस्ने ५२ वर्षीय बिरनाथ चौधरी र कलैया उपमहानगरपालिका १६ मझौलिया टोल बस्ने ९ वर्षीया यस्तफा अन्सारीको डुबेर मृत्यु भएको हो ।

घाइते अवस्थामा स्थानीयले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगेका थिए । उपचारको क्रममा साँझ ५ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस