इतिहासमै पहिलो पटक बेअर्थको बजेट : सांसद तामाङ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

इतिहासमै पहिलो पटक बेअर्थको बजेट : सांसद तामाङ


१७ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद शेरबहादुर तामाङले इतिहासमा पहिलोपटक बेअर्थको बजेट आएको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिदैँ उनले आयातमुखी बजेट भएकाले बजेट बेअर्थको भएको बताएका हुन्।

छलफलको क्रममा उनले अर्थमन्त्रीलाई सोधे, ‘सिङ्गो बजेटको करिब २८ प्रतिशत ऋण लिएर कसरी मुलुक चल्छरु यो जनतामाथिको धोका हो।’

मेलम्चीको बाढीमा सरकारको आँखा किन परेन भनेर पनि तामाङले प्रश्न गरेका छन्। ‘नदी नियन्त्रण गर्नेतर्फ किन अर्थमन्त्रीको आँखा परेन ? यहाँ बजेटको सम्बोधन हुँदैन ?’उनले प्रश्न गरेका छन्।

यसका साथै सांसद तामाङले मृगौला प्रत्यारणमा छुट्याएको बजेट कम भएको तर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस