वृद्धभत्ता पाउने लाभग्राहीको उमेर घट्यो, अब ६८ वर्ष पुगेकाले पाउने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

वृद्धभत्ता पाउने लाभग्राहीको उमेर घट्यो, अब ६८ वर्ष पुगेकाले पाउने


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सरकारले सामाजिक सुरक्षा अन्तरगत वृद्धभत्ता पाउने लाभग्राहीको उमेर घटाएको छ ।

आज बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षदेखिकाले वृद्धभत्ता पाउने जानकारी दिए ।

यसअघि ७० वर्ष उमेरकाले वृद्धभत्ता पाउने नियम संशोधन गर्दै ६८ वर्षमा झारिएको हो । सामाजिक सुरक्षा अन्तरगत वृद्धवृद्धाहरूले मासिक ४ हजार रुपैयाँ पाउँदै आएका छन् ।

भत्ता रकम भने बढाइएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस