प्रदेश सांसदबाट राजीनामा दिएर मेयर लडेका कलाम पराजित « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रदेश सांसदबाट राजीनामा दिएर मेयर लडेका कलाम पराजित


११ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । मधेस प्रदेशका प्रदेशसभा सदस्य स्थानीय तहको निर्वाचनमा पराजित भएका छन् ।

रौतहटको गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका प्रदेशसभा सदस्य शेख अबुलकलाम आजाद पराजित भएका हुन् ।

प्रदेशसभा सदस्यबाट राजीनामा दिएर गढीमाई नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)बाट मेयर पदका उम्मेदवार बनेका अबुलकलाम आजादलाई नेपाली काँग्रेसका श्यामप्रसाद यादवले पराजित रेका हुन् ।

दोस्रो कार्यकालका लागि निर्वाचित भएका श्यामप्रसाद यादवले ८६३१ मत ल्याउँदा आजादले भने ८०७३ मत ल्याए ।

अब्दुल कलाम मधेस प्रदेश सरकारको विकास समितिको सभापतिसमेत थिए ।

यसैगरी गढीमाई नगरपालिकाको उपमेयरमा भने जनता समाजवादी पार्टीकी स्मिता कुमारी यादव निर्वाचित भएकी छिन् ।

यादवले ६६७१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका नागेन्द्र सिंहले ५९०२ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस