काँग्रेस केन्द्रीय सदस्य वाग्लेसहित आठ जनालाई कारबाही « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेस केन्द्रीय सदस्य वाग्लेसहित आठ जनालाई कारबाही


१० जेष्ठ २०७९, मंगलबार


तनहुँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य ध्रुव वाग्लेसहित आठ जनालाई कारबाहीका लागि सिफारिस गरिएको छ ।

व्यास नगरपालिका–५ को वडा कार्यसमितिको बैठकले कारबाहीका लागि व्यास नगर समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

पार्टीका केन्द्रीय सदस्य ध्रुव वाग्ले, महाधिवेशन प्रतिनिधि मोहनकुमार श्रेष्ठ, प्रदेश प्रतिनिधि सुलोचना गौतम, क्षेत्रीय प्रतिनिधि गङ्गाबहादुर राना, भीमकुमार श्रेष्ठ, व्यास–५ का वडा कार्यसमिति सदस्य पविन्द्र खनाल, दीपेन्द्र खनाल र विश्वराज खनाललाई कारबाहीका लागि सिफारिस गरिएको छ ।

व्यास–५ का वडा सभापति सुरबहादुर थापा, उपसभापति ईश्वरीराज वाग्ले, सचिव सुरेन्द्र खनाल, मुन्नी शाही र सहसचिव भरतप्रसाद खनाललगायतको टोलीले आज व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेलाई कारबाहीका लागि सिफारिस पत्र हस्तान्तरण गरेका हुन् ।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उनीहरूले नेपाली काँग्रेस व्यासका प्रमुख, उपप्रमुख र व्यास–५ का आधिकारिक उम्मेदवारलाई पराजित गर्न सक्रिय भूमिका खेलेको बताइएको छ । पार्टीको साधारण सदस्यता समेत नरहने गरी कारबाही गर्न उक्त सिफारिस पत्रमा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस