काठमाडौँ महानगर : बालेनले कटाए ५० हजार मत, सिर्जना भन्दा स्थापित ७६१ मतले पछाडि « प्रशासन
Logo २२ असार २०७९, बुधबार
   

काठमाडौँ महानगर : बालेनले कटाए ५० हजार मत, सिर्जना भन्दा स्थापित ७६१ मतले पछाडि


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार मत कटाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्ला मत परिणाम अनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले ३० हजार सात सय ७६ मत ल्याएकी छन् ।

दोस्रो स्थानबाट तेस्रो स्थानमा झरेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३० हजार १५ मत ल्याएर सिंहलाई पछ्याइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस