मनोज पाण्डेविरुद्ध ‘मानव बेचबिखन’ विरुद्धको जाहेरी दर्ता « प्रशासन
Logo १८ असार २०७९, शनिबार
   

मनोज पाण्डेविरुद्ध ‘मानव बेचबिखन’ विरुद्धको जाहेरी दर्ता


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डे विरुद्ध पीडितले जाहेरी दिएकी छन् ।

सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-०६४ अनुसारको कसुरमा जाहेरी दिएकी हुन् ।

जिल्ला अदालतमा पीडित युवतीको बयान प्रमाणित गराएपछि जाहेरी दर्ता गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

भैरहवा घर भएका पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगिता सकिएपछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौँको एभरेस्ट होटेलमा आफूलाई बन्धक बनाएर पाण्डेले बलात्कार गरेको पीडित युवतीको आरोप छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाण्डेलाई जेठ ७ मा स्वयम्भूबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस