भरतपुर महानगर अपडेट : ९४ हजार मतगणना, रेनुले बनाइन् आठ हजारको अग्रता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भरतपुर महानगर अपडेट : ९४ हजार मतगणना, रेनुले बनाइन् आठ हजारको अग्रता


८ जेष्ठ २०७९, आइतबार


चितवन । स्थानीय तह निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ९४ हजार २३२ मतगणना गरिएको छ ।

पछिल्लो गणनाअनुसार प्रमुख पदमा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहालले आठ हजार ५९ मतान्तरले अग्रता लिएकी छन् । उनले ३७ हजार २७ मत प्राप्त गरेकी छन् ।

नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले २८ हजार ९६८ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार २३३ मत ल्याएका छन् ।

उपप्रमुखमा गठबन्धनबाटै नेपाली काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३९ हजार १२९ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार हिमला गुरुङले २२ हजार ९११ मत पाएकी छन् ।

अहिले २० र २१ नम्बर वडाको मतगणना जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस