कैलालीमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कैलालीमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु


८ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । कैलालीमा ट्याक्टर र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

आइतबार बिहान ७ बजे गौरीगङ्गा नगरपालिका-३ कुचैनीस्थित पूर्वपश्चिम राजमार्गमा ट्याक्टर र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सु.प.प्र ०१-००८ प १७८३ नम्बरको स्कुटरकी ३० बर्सिया चालक सबिता कँडेलको घटनास्थलमै मृत्यु भएको हो।

कार्यालयका अनुसार उनको स्कुटर से १ त ६८२७ नम्बरको ट्याक्टरसँग ठोक्किएको हो।

स्कुटर पछाडि सवार लम्कीचुहा नगरपालिका-७ बस्ने २५ बर्सिया जमुना सिंह घाइते छिन्। उनको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ।

प्रहरीले ट्याक्टर चालक गौरीगङ्गा नगरपालिका-७ बस्ने २७ वर्षीय पुरन चौधरीलाई नियन्त्रणमा लिएको छ।

उनलाई इलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस