७०३ पालीकाको नतिजा सार्वजनिक : कुन दलले कति पालीका जिते ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

७०३ पालीकाको नतिजा सार्वजनिक : कुन दलले कति पालीका जिते ?


८ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । ‘स्थानीय तह निर्वाचन २०७९’ को मत परिणाम अन्तिम चरणमा पुगेको छ । पछिल्लो देशभरका ७५३ वटा स्थानीय तह मध्ये ७ सय ३ पालीकाको मत परिणाम सार्वजनिक भैसकेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबिच नै मुख्य प्रतिस्पर्धा छ ।

नतिजा सार्वजनिक भएका पालीका मध्ये काँग्रेस अग्र स्थानमा देखिएको छ । नेकपा एमाले र माओवादी केन्द्र क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । काँग्रेसले ३ सय ११ पालीकाको प्रमुख /अध्यक्ष जितेको छ भने १५ स्थानमा अग्रता कायम गरेको छ । उपप्रमुख/उपाध्यक्षमा पनि काँग्रेस सबै भन्दा धेरै २ सय ८४ स्थानमा जितसँगै १५ स्थानमा अगाडी छ ।

यस्तै एमालेले १९० पालीका प्रमुख/अध्यक्ष पदमा जित हात पारेको छ भने १६ स्थानमा अग्रता बनाएको छ । उसले उपप्रमुख/उपाध्यक्षमा २ सय १८ स्थानमा विजय प्राप्त गर्दै २१ स्थानमा अग्रता लिएको छ । ११९ स्थानीय तहको प्रमुख/अध्यक्ष पदमा विजय प्राप्त गरेको माओवादीले भने २ स्थानमा अग्रता बनाएर एमालेलाई पच्छ्याइरहेको छ । तेस्रो स्थानमा रहेको माओवादीले १२४ पालीकाको उपप्रमुख/उपाध्यक्ष विजय हासिल गरेको छ भने ४ स्थानमा अग्रता बनाएको छ ।

यता नकपा एकीकृत समाजवादीले पालीका प्रमुख/अध्यक्ष पदमा १७, जसपा २७, लोसपा ११ र अन्य बागी तथा स्वतन्त्र उम्मेदवारहरूले २८ स्थानमा जित हात पारेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस