बुटवल उपमहानगरको मेयरमा खेलराज विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बुटवल उपमहानगरको मेयरमा खेलराज विजयी


७ जेष्ठ २०७९, शनिबार


बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार खेलराज पाण्डेय फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

२०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेले यस पटक एमालेका बाबुराम भट्टराईलाई सात हजार ५३३ मतान्तरले पराजित गरेका हुन् ।

पाण्डेयले ३० हजार १३० मत पाएर निर्वाचित हुँदा एमालेका भट्टराईले २२ हजार ५९७ मत पाएका छन् ।

नेपाली काँग्रेसका बुटवल नगर सभापति समेत रहेका पाण्डेयलाई सत्तारुढ दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

पाण्डेयको यो जितसँगै बुटवलको नेतृत्वमा २५ वर्षपछि काँग्रेसले पुनरागमन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस