कैलालीको लम्कीचुहामा मेयर र उपमेयर दुवै पदमा महिलाले मारे वाजी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कैलालीको लम्कीचुहामा मेयर र उपमेयर दुवै पदमा महिलाले मारे वाजी


७ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा एमालेका महिला उम्मेदवारहरू विजयी भएका छन् ।

मेयरमा नेपाली काँग्रेसकी सुशीला शाही र उपमेयरमा एमालेकी जुना चौधरी विजयी भएका हुन् ।

काँग्रेसकी शाहीले १२ हजार ७१३ मत प्राप्त गरी मेयर पद जित्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महादेव बजगाईँले १० हजार ४३५ मत मात्रै पाए ।

उपमेयरमा एमालेकी जुना चौधरी ११ हजार ७८ मत प्राप्त गर्दै विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी जानकीकुमारी सिंहले ८ हजार ३०८ मत पाइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस