६८४ स्थानीय तहको मत परिणाम : करिब ४५ प्रतिशत पालीकाको नेतृत्व काँग्रेसलाई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

६८४ स्थानीय तहको मत परिणाम : करिब ४५ प्रतिशत पालीकाको नेतृत्व काँग्रेसलाई


७ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम आउने क्रम जारी छ । पछिल्लो तथ्याङ्क अनुसार ६८४ स्थानीय तहको नतिजा आइसकेको छ ।

नेपाली काँग्रेसले ३०४ स्थानीय तहको नेतृत्व जितेको छ । नेकपा एमालेले १८६ पालिकामा विजय हासिल गरेको छ । काँग्रेस एमाले भन्दा ११८ बढी पालिकामा विजयी भएको छ ।

यस्तै माओवादी केन्द्रले ११७ वटा पालिका जितेको छ । त्यसैगरी एकीकृत समाजवादी पार्टीले १७ पालिका जितेको छ भने जनता समाजवादी पार्टीले २३ पालिकाको नेतृत्व पाएको छ । स्वतन्त्र तथा अन्य दलले २७ पालिका जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १० स्थानीय तहमा जित निकालेको छ । 

मतगणना जारी रहेका स्थानीय तहमा काँग्रेसले २३ पालिकामा अग्रता बनाएको छ । एमाले १७ पालिकामा अघि छ । माओवादी ७, एकीकृत समाजवादी २, जसपा ११ पालिकामा अगाडि छन् । स्वतन्त्र र अन्य दलको ५ पालिकामा अग्रता रहेको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस