भरतपुरमा ६९ हजार मतगणना हुँदा रेनु करिब ५ हजार मतले अगाडी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भरतपुरमा ६९ हजार मतगणना हुँदा रेनु करिब ५ हजार मतले अगाडी


७ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । चितवनको भरपुर महानगरपालिकामा अहिलेसम्म ६९ हजार ११ मतगणना भएको छ ।

प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले २६ हजार ८४१ मत ल्याएर अग्रता कायम गरेकी छन् । उनी गठबन्धनको साझा उम्मेदवार हुन् ।

उनलाई पछ्याइरहेका नेकपा (एमाले)का विजय सुवेदीले २१ हजार ९२५ मत ल्याएका छन् । रेनु विजयभन्दा ४ हजार ९१६ मत अघि छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ३०१ मत पाएका छन् ।

उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले २८ हजार ८५२ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले १७ हजार ६९ मत पाएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस