भरतपुरमा रेनु दाहालले लिइन् ११ सय मतको अग्रता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भरतपुरमा रेनु दाहालले लिइन् ११ सय मतको अग्रता


४ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । भरतपुर महानगरपालिकामा २५३५८ मतगणना गर्दा सत्ता गठबन्धनबाट माओवादीकी मेयर उम्मेदवार रेनु दाहालले प्रतिस्पर्धीभन्दा एघार सय मतले अग्रता लिइरहेकी छन्।

पछिल्लो मतगणना अनुसार अहिलेसम्म दाहालले ९०११ ल्याएकी छन्। उनका प्रतिस्पर्धी एमालेका विजय सुवेदीले ७८९२ पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४११२ ल्याएका छन्।

उपमेयरमा पनि गठबन्धन नै अघि छ। गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका चित्रसेन अधिकारीले १०७७४ मत ल्याएर अग्रस्थानमा छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले ६४५४ मत ल्याएर उनलाई पछ्याइ रहेकी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस