काठमाडौँ महानगर अपडेट : २८,४०० मतगणना , बालेनको अग्रता बढ्दो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ महानगर अपडेट : २८,४०० मतगणना , बालेनको अग्रता बढ्दो


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मतगणना जारी छ ।

आज दिउँसो २ बजेसम्मको मतगणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता निरन्तर बढ्दो क्रममा छ ।

हालसम्म २८ हजार ४०० मतगणना भइसकेको छ । जसमध्ये साहले ११ हजार ४३४ मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ६ हजार २५८ मत पाएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले पाँच हजार ४०८ मत ल्याएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस