२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोदीको भ्रमण तालिका सार्वजनिक, राष्ट्रपतिसँग भेट नहुने

अ+ अ-

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तालिका सरकारले सार्वजनिक गरेको छ ।

परराष्ट्र मन्त्रालयले जारी गरेको भ्रमण तालिकामा मोदी काठमाडौँ आउने कार्यक्रम छैन ।

आफ्नो पाँचौँ नेपाल भ्रमणका रुपमा मोदी आउँदो जेठ २ गते लुम्बिनी आउनेछन् र त्यतैबाट फर्किनेछन् ।

यसबीच राष्ट्रपति विद्यादेवी भण्डारीसँग मोदीको भेट नहुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले भने लुम्बिनीमै पुगेर मोदीसँग भेटवार्ता गर्नेछन् ।

बुद्ध पूर्णिमाका अवसरमा मोदी लुम्बिनी आउन लागेका हुन् । उनले लुम्बिनीमा आयोजना हुने बुद्ध जयन्तीको विशेष कार्यक्रममा सहभागिता जनाउनेछन् ।

नेपाल र भारतका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा हुने प्रार्थनामा सहभागिता जनाउने कार्यक्रम छ ।

यस्तै दुवै प्रधानमन्त्रीले लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदा केन्द्र निर्माणको शिलान्यास गर्ने तथा पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हलमा आयोजना हुने विशेष समारोहलाई सम्बोधन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

नेपाल र भारतका प्रधानमन्त्रीले आपसी सम्बन्ध विस्तारका विषयमा भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । यस्तै परराष्ट्रमन्त्रीले पनि मोदीसँग भेट्ने कार्यक्रम रहेको छ ।

मोदीको भ्रमणदलमा विदेश सचिव विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका केही अधिकारी रहनेछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी लुम्बिनी आउन लागेका हुन् । यसअघि पनि उनले लुम्बिनी आउन खोजेका थिए । तर, विभिन्न कारणले भ्रमण स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस