उपल्लो डोल्पामा लेक लागेर एक जना म्यादी प्रहरीको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उपल्लो डोल्पामा लेक लागेर एक जना म्यादी प्रहरीको मृत्यु


२८ बैशाख २०७९, बुधबार


सुर्खेत । उपल्लो डोल्पामा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।

उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा लेक लागेर म्यादी प्रहरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुरिन विक रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए ।

उनका अनुसार विकको लेक लागेर मृत्यु भएको हो । मृतकको शव हेलिकप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस